गौशालामा बस अनियन्त्रित भएर दुर्घटना: ८ वटा सवारी साधनमा क्षति

काठमाडौं । काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना भएको छ । काठमाडौं महानगरपालिका-८ पिंगलास्थान सडकखण्डमा गौशालाबाट तिलगंगा जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
बस दुर्घटना हुँदा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् ।
घाइतेहरूलाई उपचारका निम्ति सिनामंगल स्थित केएमसी अस्पताल पठाइएको छ । बस चालक भने फरार रहेको काठमाडौं प्रहरीका एसपी बोहराले जानकारी दिए ।
दुर्घटनामा परेर जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई हाल काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङको हलेसी घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया