लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै हो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले लोडसेडिङको हल्ला सोसल मिडियाको हल्लामात्रै भएको भन्दै अब लोडसेडिङ नहुने जिकिर गरे ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो स्पष्ट पारेका हुन् । लोडसेडिङ हुँदैछ भनेर सस्तो लोकप्रियताको लागि भनिएको उनको टिप्पणी छ ।
मन्त्री खड्काले भने,‘अहिले बजारमा केही चर्चा भएको छ, हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ, आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।’
तपाईको प्रतिक्रिया