समाज
उपचारका लागि जहाजमा काठमाडौं ल्याउँदा ल्याउँदै बिरामीको मृत्यु
बुधबार जेठ ७, २०८२/ Wednesday 05-21-25

काठमाडौँ । सिमरा विमानस्थलबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ ।
मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् ।
४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।
उपचारका लागि केएमसी अस्पताल पुर्याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराले बताए ।
उनको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
तपाईको प्रतिक्रिया