आइतबार ४ जेठ २०८२
राजनीति

सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

आइतबार जेठ ४, २०८२/ Sunday 05-18-25

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

आइतबार मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो । प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया