
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ। गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने वृद्धि भएको छ । आज आठ अर्ब ५० करोड रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । गत बिहीबार सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०९ वटा धितोपत्रको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
तपाईको प्रतिक्रिया