आइतबार ४ जेठ २०८२
समाज

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छ : मानव अधिकार आयोग

आइतबार जेठ ४, २०८२/ Sunday 05-18-25

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धान पूरा गरेको बताएको छ।

तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिएकी हुन्।

उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन्।

'अनुसन्धान शुक्रबार नै सकिएको हो। अहिले प्रिन्ट हुँदैछ । सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं। हामीले देख्यौं, के पायौं । र, हामी राज्यको ध्यानाकर्षण गराउँछौं । राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं,' उनले भनिन्।

उनले दुई जना विज्ञहरुसहितको कमिटीले रिपोर्ट तयार पारेको बताइन्।

तपाईको प्रतिक्रिया