
काठमाडौं । अबरुद्ध रहेको बीपी राजमार्ग १३ घन्टापछि खुलेको छ।अविरल वर्षाका कारण सोमबाररातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएपछि सडक अबरुद्ध थियो।
बिहानैदेखिसडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको थियो।
पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो। अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।
तपाईको प्रतिक्रिया