शुक्रबार २६ बैशाख २०८२
बिश्वो

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।

एएनआईका अनुसार, अहमदाबादबाट चार्टड गरिएको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाबारे एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले अनुसन्धान गर्ने भएको छ । एरो ट्रान्स सर्भिस प्राइभेट लिमिटेडको बेल ४०७ भीटी–ओएक्सएफ हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया