सोमबार ५ जेठ २०८२
राजनीति

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको छ।

पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा परेको थियो। तर उक्त इजलासमा पनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।

प्रधानन्यायाधीश राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।

तपाईको प्रतिक्रिया