सोमबार ५ जेठ २०८२
राजनीति

धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु नहुने बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरेका हुन् ।

कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उनले बताए ।

साथै, उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताए ।

‘तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन,’ उनले भने, ‘हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ । जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

गृहमन्त्री लेखेकले कुनै धर्म उत्कृष्ट र धर्न अनुत्कृष्ट भन्ने नहुने उनले बताए ।

‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन,’ गृहमन्त्री लेखकले भने ।

तपाईको प्रतिक्रिया