शनिबार २४ जेठ २०८२
समाज

बाजुराको बम्का बजारमा भीषण आगलागी, १६ भन्दा बढी पसल जले

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बम्का बजारमा आइतबार दिउँसो भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको हो। आगलागीका कारण हालसम्म १६–१७ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगो दिउँसो ३:५५ बजे तिर लागेको थियो र रातिसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। प्रहरी निरीक्षक देव बहादुर चौधरीको नेतृत्वमा ३२ जना सुरक्षाकर्मी आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

हालसम्म मानवीय क्षति नभएको पुष्टि भए पनि बजार क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको जनाइएको छ। आगो नियन्त्रणको प्रयास अझै जारी छ।

 

तपाईको प्रतिक्रिया