बिहीबार २२ जेठ २०८२
समाज

यातायात बन्दले सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याईनभ्याई

मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक सवारीसाधन बन्दका कारण आज पनि राजधानीमा सर्वसाधारणले सास्ती खेप्नुपर्‍यो। सार्वजनिक गाडी नचलेपछि पठाओ, इन्ड्राइभ लगायतका राइड सेयरिङ सेवाहरूको प्रयोग बढेको देखिएको छ।

सधैं भिडभाड हुने बस स्टपहरूमा आज राइड सेयरिङ सवारीसाधनहरूको चहलपहल देखिएको छ। यद्यपि, मयुर यातायात, थानकोट रुटका केही फोर्स गाडी, सीमित ट्याक्सी र साझा यातायातका बसहरू भने सञ्चालनमा थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि दुईवटा रुटमा निःशुल्क बस सेवा जारी राखेका छन्।

यसअघि सोमबार राति संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति भएको थियो। तर, सो सहमति कार्यान्वयनमा नआउँदा व्यवसायीले आज पनि सार्वजनिक सवारी चलाएका छैनन्।

 

तपाईको प्रतिक्रिया