बिहीबार २२ जेठ २०८२
समाज

सट्टेबाजीमा संलग्न १७ जना पक्राउ, ८१ करोडको कारोबार खुलेको खुलासा

मंगलबार जेठ २०, २०८२/ Tuesday 06-03-25

काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न १७ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नख्खु र धापाखेलमा छापा मारेर पाँच भारतीयसहित १७ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले पछिल्लो पाँच महिनामा झन्डै ८१ करोड रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेका थिए। आइपिएल लगायतका खेलमा अनलाइन बेटिङ सञ्चालन गर्ने उनीहरूले मुख्यतया भारतीय बैंकमार्फत कारोबार गर्दै आएका थिए।

पक्राउ परेका व्यक्तिहरूले अघिल्लो समय दुबईमा पनि सट्टेबाजी सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट मोबाइल, ल्यापटप, राउटर लगायत उपकरणहरू बरामद गरेको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा प्रस्तुत गरिएको छ।

 

तपाईको प्रतिक्रिया