शुक्रबार २३ जेठ २०८२
खेलकुद

आरसीबीको जितमा खुसी मनाउने क्रममा भागदौड, १० को मृत्यु

बुधबार जेठ २१, २०८२/ Wednesday 06-04-25

आईपीएल २०२५ मा रोयल च्यालेन्जर्स बेङ्गलुरुले पहिलोपटक उपाधि जितेपछि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर खुसी मनाउन जम्मा भएका हजारौं समर्थकबीच भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।

भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको तस्वीरहरू सार्वजनिक भएका छन्। कर्नाटक प्रदेशका उपमुख्यमन्त्री डीके शिवकुमारले घटनालाई “दुःखद र त्रासदीपूर्ण” भन्दै सुरक्षामा ध्यान दिनु आवश्यक रहेको बताएका छन्। उनले अस्पतालमा घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशनसमेत दिएका छन्।

आरसीबी समर्थकहरूको तीन पटकको फाइनल हारपछि आएको यो ऐतिहासिक जितको उत्सवले दुर्भाग्यपूर्ण रूप लिएको हो।

 

 

तपाईको प्रतिक्रिया