शनिबार २४ जेठ २०८२
समाज

वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारलाई दुर्व्यवहार, प्रेस चौतारीको निन्दा

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

काठमाडौं। प्रेस चौतारीले वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा फोटो पत्रकार उमेश कार्कीमाथि गरिएको दुर्व्यवहारको निन्दा गरेको छ।

नेकपा (एस) पार्टी कार्यालय बाहिर फोटो खिच्ने क्रममा थापाले क्यामेरामा आक्रमण गरेका थिए। महासचिव हिरामान लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेका छन्।

चौतारीले नागरिक समाज र पेशागत संघसंस्थालाई आवाज उठाउन आग्रह समेत गरेको छ। थापा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दा सम्बन्धमा छलफलका लागि पुगेका थिए।

 

तपाईको प्रतिक्रिया