बुधबार २१ जेठ २०८२
शिक्षा

यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

कास्की । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण यात्रुहरू मारमा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले शुक्रबारदेखि सार्वजनिक सवारी सञ्चालन बन्द गरेका हुन्।

यस बन्दका कारण पोखरासहित गण्डकी प्रदेशका विभिन्न स्थानमा यात्रुहरू अलपत्र परेका छन्। शनिबार पोखरामा आयोजित शिक्षक सेवा आयोगको परीक्षा दिन आएका करिब १,५०० परीक्षार्थीलाई विशेष स्कर्टिङका साथ पर्यटक बस र स्कुल बसमार्फत मुग्लिन पठाइएको प्रहरीले जनाएको छ।

यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्दा असहज स्थिति सिर्जना भएको छ। पोखराबाहेक अन्य स्थानहरूमा पनि बन्दको असर देखिएको छ। यात्रुहरूले यथाशीघ्र समस्या समाधान गर्न सरकार र व्यवसायीबीच संवादको माग गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया