शनिबार २४ जेठ २०८२
बिश्वो

ट्रम्प–मस्क विवादले टेस्लाको सेयरमा १५० अर्ब डलरको गिरावट

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

काठमाडौं।टेस्ला मालिक एलन मस्क र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीचको विवादपछि टेस्लाको सेयरमा बिहीबार एकैदिन १४% ले गिरावट आएको छ। रोयटर्सका अनुसार, सेयर मूल्य घट्दा कम्पनीको मूल्य १५० अर्ब डलरले घटेको हो, जुन टेस्लाको इतिहासमै सबैभन्दा ठूलो दैनिक गिरावट हो।

ट्रम्पले टेस्लालाई दिइएको सरकारी अनुदान र सम्झौता रद्द गर्ने बताएपछि मस्कले एक्समार्फत कडा प्रतिक्रिया दिएका थिए। उनीहरूले एकअर्कालाई सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गर्दै आएका छन्।

ट्रम्पको धम्कीपछि मस्कले स्पेसएक्सको ड्र्यागन यान सञ्चालन बन्द गर्ने चेतावनी दिएका छन् भने अमेरिका लागि नयाँ राजनीतिक दल खोल्ने प्रस्ताव समेत अघि सारेका छन्। विश्लेषकहरूका अनुसार, यो विवादले मस्कका अन्य व्यवसायहरूमा पनि नकारात्मक असर पारेको छ।

 

तपाईको प्रतिक्रिया