
नेपालगञ्ज। नेपालगञ्जको विपी चोकस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीको दोस्रो प्रमुख पर्व बकर इद (इदुल जोहा) आज बिहान धुमधामका साथ मनाइएको छ।
इदुल फित्रको ७०औँ दिन मनाइने यो पर्वमा सामूहिक नमाज पढिएको थियो। इदगाह साँघुरो भएका कारण थुप्रै श्रद्धालुहरूले सडकमै बसेर नमाज पढेका थिए।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईका अनुसार, कुर्बानी गरिएको मासु तीन भागमा बाँडिन्छ — गरिबलाई, इष्टमित्रलाई, र आफूलाई।
यो पर्व इब्राहिमले आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको धार्मिक घटनाको सम्झनामा मनाइन्छ। कुर्बानीको परम्परा आज पनि मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पालना गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया