
धरान । सुनसरीको कोशी गाउँपालिका–१, लौकहीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतको बिरपुर बजारबाट लागुऔषध किनेर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच तथा खानतलासी गर्दै पक्राउ गरेको हो।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, पक्राउ परेकाहरू पैदल तथा स्कुटरमा शंकास्पद रूपमा आवतजावत गरिरहेका थिए। जाँच गर्दा उनीहरूको साथबाट विभिन्न मात्रामा ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू र बरामद लागू औषध:
- अजय चौधरी, ईटहरी उपमहानगरपालिका–५: २.४७ ग्राम ब्राउन सुगर
- हिमाल कुमार मण्डल र करण कुमार मण्डल, कोशी गाउँपालिका–१: ३.२४ ग्राम ब्राउन सुगर
- दयानन्द कुमार यादव, कोशी गाउँपालिका–२: १.४० ग्राम ब्राउन सुगर
प्रहरीका अनुसार अन्य पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरिने प्रक्रिया भइरहेको छ। उनीहरूमाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।
तपाईको प्रतिक्रिया