आइतबार २५ जेठ २०८२
प्रवास

अमेरिकामा चार नेपाली मृत भेटिए

शनिबार जेठ २४, २०८२/ Saturday 06-07-25

काठमाडौं । अमेरिकामा चार नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन्। 

३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको नेपाली ठेगाना यकिन भइसकेको छैन । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको छ। प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ। 

सबै शवलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ। स्थगानीय टेलिभिजनसँगको कुराकानीमा छिमेकीले करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसिई सरेको बताएका छन् । प्रहरीले थप अनुस्न्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया