शनिबार १७ जेठ २०८२
अर्थ

नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

बिहीबार जेठ १५, २०८२/ Thursday 05-29-25

काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेस गर्ने भएको छ ।

बुधबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए । यो व्यवस्था अघिल्लो वर्ष पनि बजेटमा उल्लेख भएको भए पनि कार्यान्वयन भएको थिएन ।

तपाईको प्रतिक्रिया