आइतबार १८ जेठ २०८२
अर्थ

कुकुर र बिरालोले खाने वस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि

शुक्रबार जेठ १६, २०८२/ Friday 05-30-25

काठमाडौँ । सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् । 

चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । 

नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको घरपालुवा जनावर कुकुर र बिरालोको खाना आयात हुने गरेको छ ।  

तपाईको प्रतिक्रिया