सोमबार १९ जेठ २०८२
राजनीति

चालीस वर्ष मुनिका ४० प्रतिशत महिलालाई संगठित गर्न प्रधानमन्त्री ओलीको आग्रह

शनिबार जेठ १७, २०८२/ Saturday 05-31-25

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघलाई ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत महिला सदस्य बनाउँदै देशव्यापी अभियानमा लाग्न आग्रह गरेका छन्।

अनेमसंघको केन्द्रीय कमिटीको पूर्ण बैठकमा शनिबार सम्बोधन गर्दै ओलीले ३० वर्षमुनिका पनि कम्तीमा ३० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। उनले महिलावादको नाममा सबै विचारधाराका महिलालाई समर्थन जनाउने सोच गलत भएको उल्लेख गर्दै संगठनलाई निष्ठावान्, क्षमतावान् र सक्रिय बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले नेपालले दुई कार्यकालसम्म महिला राष्ट्रपति पाएको र सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेर विश्वका धेरै विकसित मुलुकभन्दा अग्रगामी भूमिका निर्वाह गरेको दाबी गरे।

‘मिशन २०८४’ अभियानमा जुट्न महिला वर्गलाई आह्वान गर्दै ओलीले एमालेलाई एकल बहुमतको पार्टी बनाउने र देशको विकास, सुशासन तथा समृद्धिलाई सशक्त ढंगले अघि बढाउने लक्ष्य स्पष्ट पारे।

 

तपाईको प्रतिक्रिया