कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु

बुटवल । कपिलवस्तुमा आगलागीमा परेर दाजु–बहिनीको मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।
ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् । आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ ।
उनले शव भैरहवा ल्याएर भीम अस्पतालमा पोस्टमार्टमको लागि राखिएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया