आइतबार १८ जेठ २०८२
अर्थ

स्थलमार्गबाट आउने भारतीयलाई सवा ४ लाख भारूसम्म ल्याउन बाटो खोलिँदै

शुक्रबार जेठ १६, २०८२/ Friday 05-30-25

काठमाडौं । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई ४ लाख २५ हजार भारतीय रूपैयाँसम्म नगद ल्याउन बाटो खोल्ने बजेटको नयाँ व्यवस्थाले पर्यटन उद्योगीहरू उत्साहित भएका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ ।

त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।

भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो । बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ ।

बजेटले गरेको यो व्यवस्थाबाट पर्यटन व्यवसायीहरूमा ठूलो उत्साह छाएको छ। उनीहरूले भारतीय पर्यटकको आगमन र खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया