ईभीमा कर नबढाउने निर्णय गरेर सही काम गरेँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी) मा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।
बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले ईभी करबारेको निर्णयप्रति आफ्नो धारणा सुनाएका हुन् ।
यसपालि ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो । सोही कारण व्यापारीले ईभी आयात ह्वात्तै बढाएका थिए । ती सवारीसाधन अहिले भन्सारमा थन्केका छन् ।
अर्थमन्त्री पौडेलले भने– ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’
उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।
ईभीको करमा उनले पुराना निर्णय हेर्नसमेत आग्रह गरे ।
तपाईको प्रतिक्रिया