आइतबार १८ जेठ २०८२
राजनीति

प्रतिनिधिसभाको क्यालेन्डरः जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बैठक बस्ने

शुक्रबार जेठ १६, २०८२/ Friday 05-30-25

काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो । 

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।

सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिएकाले पछि कार्यसूचीमा राखिने नेताहरूले बताएका छन् । राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकसँगको सहमतिअनुसार सरकारले अबको उक महिनाभित्र (असार १५ सम्म) शिक्षा ऐन जारी गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया