शनिबार १७ जेठ २०८२
अर्थ

विद्युतको जडित क्षमता ३६ सय २ मेगावाट पुग्यो

बिहीबार जेठ १५, २०८२/ Thursday 05-29-25

काठमाडौं । आर्थिक सर्वेक्षण २०८२ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जडित विद्युतको क्षमता ३६ सय २ मेगावाट पुगेको जानकारी गराएका हुन्।

अर्थमन्त्री पौडेलले संघीय संसद्‌मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । 

सरकारले सर्वसाधारणमा बैंक पहुँच विस्तार गरेको जनाएको छ। आर्थिक सर्वेक्षण अनुसार हरेक २५ हजार २७ जनसंख्या बराबर एक बैंक शाखा पुगेको छ।

बीमा पहुँचमा पनि सुधार आएको जनाइएको छ। अहिले ४१.६ प्रतिशत जनसंख्याले जीवन बीमा गरेको सर्वेक्षणमा उल्लेख छ। यो वैकल्पिक विद्युतीकरणको समेत तथ्यांक हो । 

तपाईको प्रतिक्रिया