
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट साँझ ५ बजे ल्याउने भएको छ।
आज साढे १ बजे बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका थिए।
आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन्।
आज ५ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै छन् ।
त्यसअगाडि उनले चालू आर्थिक वर्ष ०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।
तपाईको प्रतिक्रिया