शुक्रबार १६ जेठ २०८२
राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

बुधबार जेठ १४, २०८२/ Wednesday 05-28-25

काठमाडौं । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । 

यसअघिका प्रदेश सभा बैठकमा पनि अत्यन्त न्यून उपस्थित हुने गुरूङ पछिल्ला ११ वटा बैठकमा लगातार अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो।

नेपालको संविधानको धारा १८० को खण्ड घ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहने प्रदेशसभा सदस्यको पद रिक्त हुने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार गुरूङको पद रिक्त गरिएको हो। 

सांसद गुरूङले यसअघि प्रदेश सभाका सभामुखलाई सम्बोधन गर्दै जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै गत वैशाख ३० गते इमेलमार्फत् हस्तलिखित राजीनामा पत्र पठाएकी थिइन्।

राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको र जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै राजीनामा दिएकी सांसद गुरूङले सांसद भएबापत प्राप्त गर्ने पारिश्रमिक र भत्ता भने २०८२ साल वैशाख महिनाको समेत बुझिसकेकी छन्।

तपाईको प्रतिक्रिया