शुक्रबार १६ जेठ २०८२
राजनीति

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गणेश पराजुली

बुधबार जेठ १४, २०८२/ Wednesday 05-28-25

काठमाडौँ । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान गर्न नपाउने हो कि  भन्ने आशङ्का उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको स्पष्ट पारे ।

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए । 

तपाईको प्रतिक्रिया