शुक्रबार १६ जेठ २०८२
राजनीति

सरकारले हटायो राप्रपाका सांसदको पिएसओ

बुधबार जेठ १४, २०८२/ Wednesday 05-28-25

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरेका छन् । 

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक, समितिका सभापतिहरू लगायतलाई विगतमा एक/एक जना पीएसओ दिइने व्यवस्था थियो ।

तर, अहिले गृहमन्त्रालयको निर्णयअनुसार राप्रपाका प्रमुख सचेतक र समितिका सभापतिका ती सुरक्षाकर्मी हटाइएको हो ।’आजैबाट हटायो भन्ने सुनेको छु, यथेष्ट इन्फर्म गरेको छैन,’ शाहीले बताए ।

तपाईको प्रतिक्रिया