शनिबार १० जेठ २०८२
अर्थ

गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट

शुक्रबार जेठ ९, २०८२/ Friday 05-23-25

काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट पेस भएको हो।

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा गभर्नर डा. पौडेलले प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, अर्थशास्त्रको इतिहास अध्ययन गरेको र कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेको भन्दै गभर्नर बन्न उनको योग्यता नपुग्ने दाबी गरिएको छ । 

उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया