
काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
नेपालले बैंककमा दुई खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ। जुन २ मा हुने खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हो।
दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट प्रतियोगिताको तयारीका लागि खेल्न लागेको हो।
छनोट जुन ४ देखि सुरु हुँदैछ। छनोट प्रतियोगितामा नेपाल समूह 'एफ' मा छ। समूहमा नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ ।
डिफेन्डर: अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई।
मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ।
फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल।
तपाईको प्रतिक्रिया