
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।
शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।
जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । बहस सकिएसँगै दुवै पक्ष आदेश कुरिरहेका छन् ।
तपाईको प्रतिक्रिया