शुक्रबार ९ जेठ २०८२
मनोरन्जन

एलेक्स पवनको ‘एउटा कुरा छ’ म्यूजिक भिडियो रिलिज

बिहीबार जेठ ८, २०८२/ Thursday 05-22-25

काठमाडौं।  गायक एलेक्स पवनको स्वरमा सजिएको नयाँ गीत ‘एउटा कुरा छ’ को म्यूजिक भिडियो रिलिज भएको छ। तार्केश्वरस्थित टुसाल मल्टिभेन्यूमा आयोजित विशेष कार्यक्रममा युट्युबमार्फत भिडियो रिलिज गरिएको हो।

सलिना गुरुङ र योगेश विक्रम सिंह अभिनीत भिडियोमा रेष्टुरेन्टको किचेन स्टाफबीचको प्रेम र भावनाको गहिरो अभिव्यक्तिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। स्टेज प्रस्तुति र कभर गीतहरू मार्फत चर्चामा रहेका एलेक्स पवनको यो पहिलो औपचारिक गीत हो।

गीतको शब्द र संगीत सर्जक अरुण खड्काले तयार पारेका हुन् भने संगीत संयोजनमा उनलाई एलेक्स पवनलेनै साथ दिएका छन्। संगीत संयोजन तथा ध्वनि सम्पादन विशाल प्रधान (फोसील)ले गरेका हुन्।

भिडियोको निर्देशन खिला बहादुर कार्कीले गरेका छन् भने दि ओडिसी प्रोडक्सनको ब्यानरमा तयार गरिएको भिडियोको छायाङ्कन टुसाल मल्टिभेन्यूमै गरिएको हो, जसले गीतको विषयवस्तुलाई अझ सशक्त बनाएको छ।

कार्यक्रममा टुसाल मल्टिभेन्यूका सञ्चालक दिपेन्द्र थापालगायतले गायक एलेक्स पवनलाई म्यूजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूले गीत र भिडियोको प्रशंसा गर्दै भविष्यमा पनि एलेक्स पवनको सांगीतिक यात्रा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया