शुक्रबार ९ जेठ २०८२
खेलकुद

आईपीएल क्रिकेटमा लखनउले शीर्षस्थानको गुजरातलाई ३३ रनले हरायो

शुक्रबार जेठ ९, २०८२/ Friday 05-23-25

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ ।

लखनउले जीतको लागि दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो ।

गुजरातका साहरुख खानले ५७ र शेफने रूदरफोर्डले ३८ रन बनाए । लखनउका विल ओले ३ तथा आभेस खान र आयुष बदोनीले २/२ विकेट लिए ।

त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । लखनउका मिचेल मार्सले सर्वाधिक १ सय १७ रन बनाए । गुजरातका साई किशोर र अरशद खानले १/१ विकेट लिए ।

लिग तालिकामा शीर्ष स्थानको गुजरातको १८ अङ्क छ भने आईपीएलबाट बाहिरिसकेको लखनउको १२ अङ्क छ ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्दैछन् ।  

तपाईको प्रतिक्रिया