समाज
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
बिहीबार जेठ ८, २०८२/ Thursday 05-22-25

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्। जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो। बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो।
प्रहरीले थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । उक्त प्रतिवेदन बुझाएसँगै सरकारी वकिलले अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ।
तपाईको प्रतिक्रिया