शुक्रबार ९ जेठ २०८२
समाज

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने सार्वजनिक लेखा समितिको निर्णय

बिहीबार जेठ ८, २०८२/ Thursday 05-22-25

काठमाडौँ । सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी तिनलाई अख्तियारमा पठाउने निर्णय गरेको हो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।

त्यसबारेमा थप कुनै अध्ययन र सोधपुछ नै नगरी लेखा समितिले फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । 

तपाईको प्रतिक्रिया