मंगलबार ३० बैशाख २०८२
राजनीति

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिईन् पदबाट राजीनामा

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25

काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । 

उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उनले लेखेको पत्रमा भनिएको छ ।

जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया