यू–१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा २९ खेलाडी छनोट
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यू–१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने २९ खेलाडीको सूची सार्वजनिक गरेको छ।
बन्द प्रशिक्षणमा छनोट भएका खेलाडी सहभागी हुनेछन्। प्रशिक्षणका क्रममा खेलाडीहरूको क्षमता, फिटनेस र प्रदर्शन मूल्याङ्कन गरी अन्तिम टोली छनोट गरिनेछ।
प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहिल कुँवर, सौजन घिमिरे, भुपाल दंगाल र दीपक सेमेला छन्।
त्यस्तै, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यान्शु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही पनि प्रारम्भिक टोलीमा परेका छन्।
ओमानमा आगामी नोभेम्बर ५ देखि १४ सम्म आयोजना हुने यू–१९ एसिया कपलाई लक्षित गर्दै क्यानले बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको हो।
तपाईको प्रतिक्रिया