
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थितर रहेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया