राजनीति
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया