बिहीबार १८ बैशाख २०८२
समाज

शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

शिक्षक महासङ्घले राखेका अधिकांश मागहरू सरकारले सहमति जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ । 

वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समिति सभापति अम्मर बहादुर थापा, कांग्रेस सचेतक श्याम कुमार घिमिरे, एमाले सचेत महेश बर्तौला, शिक्षा उपसमिति संयोजक छविलाल विश्वकर्मा सहभागी छन् ।

त्यस्तै महासङ्घको तर्फबाट  अध्यक्ष लक्ष्मी किशोर सुवेदी, महासचिव तुला बहादुर थापा लगायतका पदाधिकारी तथा शिक्षक नेताहरूको उपस्थिति रहेको छ ।

महासङ्घले नेपाल सरकारले गर्नुपर्ने निर्णयहरू भनेर ९ बुँदे प्रस्ताव गरेको थियो । जसमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन,मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक र निजी विद्यालयका शिक्षकका विषयमा पनि मनित्रपरिषद्‌बाट निर्णय हुनुपर्ने माग शिक्षक महासंघको छ ।

शिक्षकहरूले ऐन जारीका लागि मिति तोक्नुपर्ने अडान कायम राखेका छन्। सरकारले संसदले गर्नुपर्ने विषयमा सरकारले सहमति दिन नसक्ने बताउँदै आएको छ भने यो हिउँदे अधिवेशबाट ऐन जारी गर्नेगरी सहमति गर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया