सर्वोच्चले भन्यो– रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु
काठमाडौँ । रेशम चौधरीलाई पक्राउ गर्नेबारे मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले भने, 'त्यो पत्र सर्वोच्चको आधिकारिक थिएन । उहाँको व्यक्तिगत निर्णयका आधारमा गएको थियो ।'
सर्वोच्च अदालतले उक्त पत्र काट्ने शाखा अधिकृत सिंहलाई कानुन बमोजिमको कारबाही प्रकिया सुरु भएको जनाएको छ ।
सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर हिरासतमा राखेको छ ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका थिए । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरे हो ।
तपाईको प्रतिक्रिया