राजनीति
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताए । प्रहरीले अनधिकृत पत्र लेख्ने विष्टलाई पक्राउ गरिसकेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबिचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया