बुधबार १७ बैशाख २०८२
अर्थ

चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत (उपभोक्ता मूल्यमा) पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धि उपभोक्ता मूल्यमा साढे ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो । जसअनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।

हालको आधार वर्ष २०६७/६८ हो । सबै क्षेत्रको आर्थिक गतिविधि सामान्य रुपले सञ्चालन हुने कार्यालयको अनुमान छ । यो चालू आवको ६ देखि नौ महिनाको तथ्यांकको आधार मानेर गरिएको अनुमान हो । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।

चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ । चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै झट्का नलाग्ने अनुमान कार्यालयको छ । कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया