बुधबार १७ बैशाख २०८२
समाज

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन । 

तपाईको प्रतिक्रिया