राजनीति
पार्टी एकता घोषणाका लागि आयोजित कार्यक्रमस्थलबाट रेशम चौधरी पक्राउ
बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरू हुनुपूर्व नै रेशम पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।
तपाईको प्रतिक्रिया