समाज
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
२०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४% बाट घटेर आज ०.२८% भएको छ। मोतियाबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठूलो सुधार भएको स्वास्थ्यमन्त्रीको दाबी छ । नेपालको लक्ष्य २०३० सम्ममा ६५.४% पुग्ने रहेको बताए।
सार्वजनिक–निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत पहुँच बिस्तार गरिरहेको उल्लेख गरे।
नेपालले २०२६ मा आँखा स्वास्थ्यमा विश्वव्यापी शिखर सम्मेलनको आवाजलाई पनि दृढतापूर्वक समर्थन गर्ने प्रतिवद्धता जनाए।
तपाईको प्रतिक्रिया